कपिलवस्तुमा भेटिए २ जना कोरोना संक्रमित, संक्रमितको संख्या १०१ पुग्यो
काठमाडौँ, २५ वैशाख: कोभिड–१९ को सङ्क्रमण आज थप दुई जनामा देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा कपिलबस्तु का १६ वर्षीय र २२ वर्षीय पुरुषमा संक्रमण देखिएको हो ।
कपिलवस्तुमा पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन् । यसअघि कपिलवस्तुको छिमेकी जिल्ला रुपन्देहीमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै संक्रमितको संख्या १०१ पुगेको छ । बुधबार एकै दिन १७ जनामा संक्रमण देखिएको थियो ।
मन्त्रालयका सहप्रवक्ता डा अधिकारीका अनुसार संक्रमितको अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् ।
यसैगरी नेपालमा अहिलेसम्म संक्रमितको संख्या १०१ पुगेको छ भने उपचारपछि निको हुनेहरुको संख्या २२ पुगेको छ । निको हुने २२ मध्ये तीनजनामा पुनः कोरोना संक्रमण देखिएपछि उनीहरु अस्पतालमा उपचारत छन् ।
