बढी मूल्यमा खाद्य सामग्री बिक्री गर्ने दुई पसललाई कारवाही

काठमाडौँ, १८ वैशाख: गुणस्तरहीन खाद्य पदार्थको उत्पादन तथा बिक्रीवितरण गरेको भन्दै काष्ठमण्डप खाद्य स्टोरलाई आज कारवाही गरिएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नियमित बजार अनुगमनका क्रममा टेकुस्थित स्टोरलाई कारवाहीस्वरुप रु तीन लाख जरिवाना गरिएको जनाइएको छ ।

गत सोमबार विभागले टंगालमा रहेको भाटभटेनी सुपरमार्केटलाई मिठाइमा बढी मूल्य लिएको भन्दै कारवाही गरेको थियो । आफ्नो गल्तीका कारण भाटभटेनीलाई कारवाही गरेको भन्दै उक्त स्टोर्सले क्षमायाचनासमेत गरेको थियो ।

सार्वजनिक रुपमा नै गल्ती स्वीकार गरेको र गुणस्तरहीन खाद्य पदार्थको उत्पादन र बिक्री वितरण गरेवापत जरिवाना गरिएको विभागका सूचना अधिकारी रवीन्द्र आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज नै कोटेश्वरस्थित बिपी स्टोर्सले बढी मूल्यमा खाद्य सामग्री बिक्री गरेको पाइएपछि रु दुई लाख जरिवाना गरिएको छ ।

उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम सो जरिवाना गरिएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.