काम्यक स्कुलद्वारा निशुल्क भोजन कार्यक्रम सञ्चालन
रामहरि बस्नेत । काठमाडौं, १८ बैशाख: राजधानीको बागबजारमा रहेको काम्यक स्कुलले निशुल्क भोजन कार्यक्रम सञ्चालन गरेको छ ।
विश्वभरी फैलिएको कोभिड १९ का कारण सबैभन्दा बढी निम्न वर्गका प्रभावित भएका कारण उनीहरुका लागि विद्यालय परिसरमा खाना खुवाउन थालिएको विद्यालयका प्रिन्सिपल धनेश्वर राउतले जानकारी दिनुभएको छ ।
हाल जारी लकडाउनका कारण घर जान नसकि समस्या परेका श्रमजीविहरुका लागि थोरै भएपनि राहत दिनका साथै मानवीय सेवाभावले यस्तो कार्यक्रम सञ्चालन गरेको जनाइएको छ ।
बिहान बेलुका काम गरेर जीवन निर्वाह गरिरहेकाहरु यो समयमा काम गर्न समेत नपाएका कारण भोकभोकै बस्नु पर्ने अवस्था नआवोस भनेर पुतलीसडक कमलादी बागबजार पुरानो बसपार्क एरियाका दैनिक सयभन्दा बढीलाई खाना खुवाइने विद्यालयका सहायक प्रिन्सिपल हरिप्रसाद भट्टराईले बताउनुभयो ।
