बलिउड अभिनेता ऋषि कपुरको निधन
काठमाडौं, १८ वैशाख: बलिउडका चर्चित अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा बिहीबार निधन भएको छ ।
अभिनेता अमिताभ बच्चनले ट्वीटरमार्फत उनको निधन भएको जानकारी दिएका छन् ।
हिजो मात्रै उनलाई स्वास फेर्न अप्ठ्यारो भएपछि ६७ वर्षे ऋषिलाई बुधबार मुम्बईको रिलायन्स फाउण्डेस अस्पतालमा भर्ना गरिएको थियो । क्यान्सरबाट पीडित ऋषि कपुर अस्वस्थ भएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो ।
अमेरिकामा करिब एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि उनी गत वर्ष सेप्टेम्बर महिनामा भारत फर्किएका थिए । फेब्रुअरी महिनामा पनि स्वास्थ्य बिग्रिएपछि उनलाई दुई पटकसम्म अस्पताल भर्ना गर्नु परेको थियो ।
उनी बलिउड अभिनेता रणवीर कपुरका बाबु हुन् ।
यसअघि हिजो बलिउड अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा निधन भएको थियो । अचानक स्वास्थ्य अवस्था बिग्रिएपछि खानलाई मंगलबार नै अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । मुम्बईको कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा मंगलबार उनको निधन भएको हो ।
