बलिउड अभिनेता इरफान खानको निधन
काठमाडौं, १७ वैशाख: बलिउड अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा निधन भएको छ ।
५४ वर्षीय खानको बुधबार बिहान मुम्बईको कोकिला वेन धिरूभाइ अम्बानी अस्पतालमा निधन भएको हो ।
जयपुर राजस्थानमा सन् १९६६ मा जन्मिएका खान थिएटरबाट सिनेमाबाट आएका थिए । गत शनिबार उनकी आमाको निधन भएको थियो । उनको अन्तिम सिनेमा सात महिनाअघि रिलिज भएको अंग्रेजी मिडियम हो ।
उनी दुई वर्षदेखि क्यान्सरको उपचार गरिरहेका थिए । खानलाई न्युरोएन्डोक्राइन ट्युमर भएको थियो ।
