सरकारी वकिलको कार्यालयले पनि लिएन सांसद अपहरणको जाहेरी

काठमाडौं,१६ बैशाख: जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सांसद अपहरणको आरोप लागेका सत्तारुढ दल नेकपाका सांसदहरुविरुद्धको जाहेरी लिन अस्वीकार गरेको छ ।

मंगलबार जनता समाजवादी पार्टीका नेताहरु आफ्ना सांसद डा. सुरेन्द्र यादव अपहरणको जाहेरी लिएर सरकारी वकिलको कार्यालय बबरमहल पुगेका थिए । तर,  जिल्ला सरकारी वकिलको कार्यालयले जाहेरी लिन इन्कार गरिदिएको छ ।

यसअघि आइतबार महानगरीय प्रहरी परिसर टेकुले जाहेरी लिन नमानेपछि उनीहरु जिल्ला सरकारी वकिलको कार्यालय बबरमहल पुगेका थिए ।

आफ्ना सांसद डा सुरेन्द्र यादवलाई नेकपाका सांसदहरु महेश बस्‍नेत, किसन श्रेष्ठ र प्रहरी पूर्वआइजीपी सर्वेन्द्र खनालले अपहरण गरेको उनीहरुको आरोप छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ तथा नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनाल भने उनकै सहमतिमा काठमाडौं ल्याइएको बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.