वैशाख २५ गतेसम्म लकडाउन गर्ने सरकारको निर्णय
१४ वैशाख, काठमाडौं । सरकारले लकडाउनलाई २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।
तर कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले लकडाउनकै कारण कोरोनाको संक्रमण नियन्त्रण गर्न सफल भएको निष्कर्ष निकालेको थियो ।
उच्चस्तरीय समन्वय समितिले एक साता लम्ब्याउन सिफारिस गरेको थियो । तर आज बसेको मन्त्रिपषिद्को वैठकले १० दिन थप गर्ने निर्णय गरेको हो ।
यसअघिको लडाउन अवधि १५ वैशाख सम्मको थियो ।
