चीनका लागि नेपाली राजदूत पाण्डेद्वारा सपथ ग्रहण

काठमाडौं, १४ वैशाख: चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार सपथ खुवाएकी हुन् ।
सपथ ग्रहण समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति थियो ।
पाण्डे पूर्व परराष्ट्रमन्त्री समेत हुन् । गत वैशाख ५ गते उनलाई मन्त्रिपरिषदको सिफारिसमा गणतन्त्र चीनका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरिएको हो ।
सरकारले गत फागुन १८ गते लीलामणि पौड्याललाई फिर्ता बोलाएर पाण्डेलाई चीनका लागि राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो ।
