दाना अभावमा मर्न थाले माछा 

रौतहट १२ वैशाख: बन्दाबन्दीका कारण दाना नहुँदा रौतहटको रौतहट स्थित दुुईवटा पोखरीको लाखौ बराबरको माछा मर्न थालेका छन् ।

मौलापुर नगरपालिका वडा ८ का किसान जयराम यादव र अजय यादवको माछा मर्न थालेको हो । उक्त पोखरीमा झण्डै १० लाख बराबरको माछा रहेको यादवद्वयको भनाइ छ ।

यसैबीच बौधिमाई नगरपालिका वडा ७ बंकुुलचौकस्थित होटेल रजनी मिट हाउमा बुुधबार राति भएको आगलागीको क्षतिको विवरण सङ्कन भइरहेको छ ।

बोर्डर आउटपोष्ट बंकुलका सशस्त्र प्रहरी निरीक्षक दिपनरसिंह राईको कमाण्डमा गएको टोलीले र गाँउलेहरु मिलेर आगलागी नियन्त्रण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.