पूर्वसचिव उपाध्यायलाई तत्काल रिहा गर : कांग्रेस

काठमाडौं, ११ वैशाख: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पूर्वसचिव भीम उपाध्यायलाई विनासर्त तत्काल रिहा गर्न माग गरेको छ ।

छाया सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका संयोजक बहादुरसिंह लामाले बिहीबार एक प्रेस विज्ञप्ति जारी गरी उपाध्यायलाई पक्रनु संविधानको मर्म र भावना विपरित रहेकाे भन्दै उनलाई तत्काल विनासर्त रिहा गर्न सरकारसँग माग गरेका हुन् ।

यसअघि प्रधानमन्त्री, मन्त्रीलगायत अन्य संस्थाविरुद्ध सामाजिक सञ्जाल फेसबुकमा गालीगलौज गरेको आरोपमा उपाध्यायलाई साइबर ब्यूरोको टोलीले हिजो बुधवार साँझ ललितपुरको कुसुन्तीस्थित उनकै निवासबाट पक्राउ गरेको थियो ।

नेपालको संविधानले प्रत्येक नेपाली नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता प्रदान गरेको उल्लेख गर्दै उहाँले सबै नेपालीले आफ्नो विचार राख्न पाउनु नैसर्गिक अधिकार भएको बताउनुभएको छ ।

साथै उहाँले संविधानले दिएको स्वतन्त्रताको हक कुण्ठित गर्ने कार्यप्रति आपत्ति प्रकट गर्दै भत्र्सना गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.