दैलेखको जंगलमा चितुवा मृतावस्थामा भेटियो

दुल्लु, १० वैशाख: दैलेखको दुल्लु नगरपालिका–३ तियाडीको जंगलमा एक चितुवा मृतावस्थामा फेला परेको छ ।

स्थानीयवासी र प्रहरीको सूचनाका आधारमा चितुव सब–डिभिजन कार्यालयको टोलीले घटनास्थलबाट जिल्ला सदरमुकाममा पु¥याएर मङ्गलबार कार्यालय हातामा गाडिएको छ ।

अन्दाजी १३-१४ वर्ष जतिको चितुवा टाउकामा चोट लागेको र गन्हाइसकेका अवस्थामा मृत फेला परेको थियो ।

स्थानीयवासीले छाला काटेर लिन सक्ने सम्भावना भएका कारण सदरमुकाममै ल्याएर गाडिएको डिभिजनल वन कार्यालय दैलेखका प्रमुख मुनबहादुर रावतले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.