काठमाडौंमा २ जना नर्समा कोरोना पोजेटिभ देखियो

काठमाडौं, ९ बैशाखः काठमाडौमा २ जना नर्सलाई आरडिटी परीक्षणमा कोरोना पोजेटिभ देखिएको छ ।

त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारमा कार्यरत दुइ जना नर्समा गरिएको र्‍यापिड टेष्टमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।

र्‍यापिड टेष्टमा कोरोना संक्रमण देखिएपछि उनीहरुको टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पीसीआर विधिबाट परीक्षण गरिने छ ।

टेकु अस्पतालको आइसोलेसनमा राखिएका उनीहरुको अवस्था अहिले सामान्य छ ।

उनीहरुमा कोरोना संक्रमण भए नभएको पुष्टि भने पीसीआर विधिबाट गरिएको परीक्षणको नतिजाबाट थाहा हुनेछ ।

आज मात्रै उदयपुरका ११ जनामा संक्रमणको पुष्टि भएको थियो । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ३ भुल्केको मस्जिद आसपासका क्षेत्रका वासिन्दा हुन् । कुल संक्रमितमध्ये २४ जना त्रियुगा नगरपालिका भुल्केकै छन् ।

नेपालमा अहिलेसम्म ४२ जनामा कोरोना संक्रमण पुष्टि भैसकेको छ भने ५ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.