कोरोनाबाट करिव २५ लाख संक्रमित, एक लाख ७० हजारको मृत्यु
काठमाडौं, ९ वैशाख: कोरोना भाइरस संक्रमणका कारण विश्वभरमा एक लाख ७० हजार भन्दा धेरै मानिसको मृत्यु भएको छ ।
विश्वभर अहिलेसम्म २४ लाख ८२ हजार २ सय १५ जना संक्रमित भएका छन् । त्यस्तै एक लाख ७० हजार ४ सय ७१ जनाको मृत्यु भएको छ ।
यो भाइरसका कारण सबैभन्दा धेरै अमेरिकामा ४२ हजार ५ सय १७ जनाको मृत्यु भएको छ । अमेरिकामा संक्रमितको संख्या ७ लाख ९२ हजार ९ सय १३ पुगेको छ ।
इटालीमा २४ हजार १ सय १४ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १ लाख ८१ हजार २ सय २८ पुगेको छ ।

त्यस्तै स्पेनमा मृतक संख्या २० हजार ८ सय ५२ जनाको मृत्यु भएको छ र दुई लाख २ सय १० जना संक्रमित भएका छन् ।
फ्रान्समा २० हजार २ सय ६५ जनाको मृत्यु भएको छ भने १ लाख ५५ हजार ३ सय ८३ जनामा संक्रमण भएको छ ।
बेलायतमा १६ हजार ५ सय ९ जनाको मृत्यु भएको छ भने एक लाख २४ हजार ७ सय ४३ जनाको मृत्यु भएको छ ।
यसैगरी भारतमा संक्रमण हुनको संख्या १८ अजार ६ सय १ जना र ५ सय ९२ जनाको मृत्यु भएको छ ।
यसैगरी भारतमा संक्रमण हुनको संख्या १८ हजार ६ सय १ जना छ भने ५ सय ९२ जनाको मृत्यु भएको छ ।
यस्तै, नेपालमा अहिलेसम्म ३१ जनामा संक्रमण भएको छ भने ४ जना उपचारपछि निको भएका छन् ।
