अमेरिका–क्यानडा सिमा थप ३० दिन बन्द
काठमाडौं, ७ बैशाख: क्यानडाले अमेरिकासँग जोडिएको आफ्नो सिमाना थप ३० दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । अत्यावश्यक बाहेकका काममा आउजाउ गर्न पाइने छैन ।
कोरोना भाइरसको महामारीका कारण पहिल्यैदेखि अत्यावश्यक बाहेकका काममा यात्रा गर्न प्रतिबन्ध लगाइएको थियो । यो प्रतिबन्ध आउँदो मंगलबार सकिँदै थियो ।
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले दुवैतर्फका नागरिकलाई सुरक्षित राख्न सिमाना बन्द गर्नु अत्यावश्यक भएको बताएका छन् ।
क्यानडामा ३४ हजार ३ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ हजार ४ सय जनाको मृत्यु भएको छ ।
