दुर्व्यवहार भएमा सूचना दिन नेपाल प्रहरीको अनुरोध
काठमाडौं, बैशाख ५ः
“तपाईको सुरक्षा हाम्रो सरोकार” नेपाल प्रहरीको अनुरोध
कोरोना भाईरस (कोभिड-१९) का कारण उत्पन्न विषम परिस्थितिमा घोषणा गरिएको देशव्यापी लकडाउनलाई पालना गराउँदै संक्रमणको जोखिमबाट नागरिकलाई बचाउने क्रममा केहि प्रहरी कर्मचारीबाट भएका दुर्व्यवहारका घटनाप्रति प्रहरी प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको र घटनामा संलग्न उपर छानबिन भईरहेको जानकारी गराउँदछौं ।

हामी सबैले सामना गर्नु परिरहेको यस प्रतिकूल परिस्थितिको गाम्भिर्यतालाई आत्मसाथ गरी प्रहरी कार्यमा सहयोग गरिदिनुहुन तथा प्रहरी कर्मचारीबाट कुनै दुर्व्यवहारका घटना भएमा तत्काल निम्न माध्यमहरूमा सम्पर्क गरी सूचना दिनहुन हार्दिक अनुरोध गर्दछौं:
नि:शुल्क फोन नं –१००, १११३
प्रहरी परिचालन कक्ष- ०१- ४४१२७८०, ९८५१२८३२७३
उजुरी छानबिन – ९८५१२९३०००
केन्द्रिय प्रहरी प्रवक्ता- ९८५१२९२१११
ईमेल- [email protected]
