गर्भवतीको हेलिकप्टरबाट उद्धार 

रामचन्द्र न्यौपाने। डोल्पा ४ वैशाख: डोल्पा त्रिपुरासुन्दरी नगरपालिका वडा नं ७ की २१ वर्षीया गर्भवती बिपना रोकायालाई हवाई उद्धार गरिएको छ । सुत्केरी हुन जिल्ला अस्पताल आएकी उनीको स्वास्थ्यमा जटिलता आएपछि चिकित्सकले प्रदेश अस्पताल सुर्खेत ‘रिफर’ गर्नु भएको थियो । चिकित्सकका अनुसार उनीको पेटमा नवजात शिशु उल्टो अवस्थामा रहेको बताइएको छ ।

आज नेपाली सेनाको हेलिकप्टरद्वारा जिल्ला सदरमुकामबाट दुनैबाट उनीलाई उद्धार गरिएको जिल्ला अस्पतालले जनाएको छ । बिपनालाई सुत्केरी गराउन यही वैशाख २ गते जिल्ला अस्पताल ल्याएको उहाँका श्रीमान लक्ष्मी रोकायाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो“ श्रीमतीको पेटमा शिशु उल्टो रहेको छ भन्नुभयो डाक्टरले । सुर्खेत लैजानुपर्छ भन्नुभयो । ”

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.