भारतले तीन हप्ता लम्ब्यायो लकडाउन

नयाँ दिल्ली, २ वैशाख: भारतले थप तीन हप्ताका लागि लकडाउन लम्ब्याएको छ ।

राष्ट्रको नाममा मंगलबार विहान सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले मे ३ अर्थात वैशाख २१ गतेसम्मका लागि लकडाउन लम्ब्याइएको जानकारी गराएका हुन् ।

यसअघि भारतले गरेको तीन हप्ते लकडाउन भोलि बुधबार सकिँदै छ ।

भारतमा अहिलेसम्म १० हजार ४५३ जना कोरोना संक्रमित छन् । यस्तै ३५८ जनाको मृत्यु भैसकेको छ । यसैगरि एक हजार १५३ जनाको उपचारपछि निको भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.