विवाहपञ्चमी: मटकोर विधि सम्पन्न
जनकपुरधाम, १४ मङ्सिर : भगवान सीताराम विवाह महोत्सवअन्तर्गत आज मिथिलाको विधिअनुसार जनकपुरधामस्थित गङ्गासागरबाट पवित्र माटो उत्खनन् गरी राजा जनककी छोरी सीताको प्रतीकात्मक मटकोर विधि सम्पन्न भयो ।
त्रेतायुगमा भगवान् सीता र रामको विवाहका लागि यज्ञवेदी निर्माण गर्न उक्त सागरबाट पवित्र माटो उत्खनन गरी लगिएकाले प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सवमा यसरी माटो लगिने परम्परा छ ।
मिथिलाको विधि विधान अनुसार बेहुली पक्षबाट मटकोर गरी दुलही सीतालाई पहेँलो रङ्गको सारी, चोलोलगायत नयाँ कपड़ा पहि¥याई उक्त सागरमा नुहाउने गरिन्छ ।
मटकोर कार्यमा श्रद्धालु महिला संलग्न भई विवाह सम्बन्धी सान्दर्भिक गीतलाई लोक भाकामा गाउने परम्परा छ । मटकोर कार्यसम्पन्न भएपछि मिथिलाञ्चलमा बदाम पुरी र खीर वितरण गर्ने चलन रहेको छ ।
