विश्व बैंकले १६ अर्ब ३७ करोड सहयोग गर्ने

काठमाडौँ, १० मङ्सिर : विश्व बैंकले युवा रोजगारी र विद्यालय क्षेत्र विकासका लागि रु १६ अर्ब ३७ करोड १३ लाख सहयोग गर्ने भएको छ ।

अर्थ मन्त्रालयका अनुसार युवा रोजगारीका लागि रूपान्तरण परियोजना कार्यान्वयन गर्न रु १३ अर्ब ६३ करोड तथा विद्यालय क्षेत्र विकास कार्यक्रम सञ्चालनका लागि रु दुई अर्ब ७४ करोड १३ लाख उपलब्ध गराउन उक्त बैंक सहमत भएको छ ।

ऋण सहयोगसम्बन्धी सम्झौतापत्रमा भोलि अर्थसचिव राजन खनाल र यहाँस्थित बैकका देशीय प्रबन्धक फारिस हडाड जेर्भोसले हस्ताक्षर गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.