अनशन तोड्न सभापति देउवाको आग्रह

डा केसीलाई भेट्न त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुग्नु भएका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वमन्त्री एवं काँग्रेस नेता गगनकुमार थापा ।

काठमाडौँ, १७ माघ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले डा गोविन्द केसीलाई अनशन तोड्न आग्रह गर्नुभएको छ ।

डा केसी अनशन बस्नुभएको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगी सभापति देउवाले उहाँलाई बिग्रदो स्वास्थ्य अवस्थालाई ख्यालमा राखेर अनशन तोड्न आग्रह गर्नुभएको हो ।

डा केसीलाई भेट्न सभापति देउवासहित पूर्वमन्त्री एवं काँग्रेस नेता गगनकुमार थापालगायतका नेता शिक्षण अस्पताल पुग्नुभएको थियो ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा अन्सरत डा गोविन्द्र केसीलाई भेटि अनसन तोडन आग्रह गर्दै । तस्वीर: रोशन सापकोटा
प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.