त्रिविद्वारा फागुनमा स्ववियु निर्वाचनको तयारी शुरु

काठमाडौँ, २३ पुस : त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारी थालेको छ ।

आगामी फागुन महीनामा स्ववियु निर्वाचन गर्न तयारी गरिएको त्रिवि विद्यार्थी कल्याण तथा खेलकूद निर्देशनालयका कार्यकारी निर्देशक गङ्गाबहादुर थापाले जानकारी गराउनुभयो । उहाँका अनुसार स्ववियु निर्वाचनको पूर्वतयारीका लागि देशभरका आङ्गिक र सामुदायिक क्याम्पसलाई परिपत्र पठाउँदै निर्देशन दिइसकिएको छ । परिपत्रमा २०७३ फागुन १८ गते भएको स्ववियु निर्वाचनबाट निर्वाचितको दुईवर्षे कार्यकाल समाप्त हुने भएकाले पूर्वतयारी गर्न÷गराउन भनिएको छ ।

‘‘निर्वाचनमा सबै विद्यार्थी सङ्गठनलाई समेटी देशभरका सबै क्याम्पसमा स्ववियु निर्वाचन गर्नेछाँै,’’ उहाँले भन्नुभयो, ‘‘निर्वाचनको मिति तोकिसकेपछि र निर्वाचनको कार्यतालिका निकाल्नुभन्दा अघि विद्यार्थी सङ्गठनसँग छलफल गर्नेछौँ ।’’ उहाँले त्रिवि कार्यकारी परिषद्को बैठकले चाँडै नै स्ववियु निर्वाचनको मिति तोक्ने जानकारी गराउनुभयो ।

गत निर्वाचनमा २८ वर्षे उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणालीअनुसार निर्वाचन भएको थियो । उहाँले अघिल्लो पटक विभिन्न कारण स्ववियु निर्वाचन सम्पन्न गर्न नसकेका क्याम्पसमा समेत यस वर्ष विद्यार्थी सङ्घ–सङ्गठनको सहमतिमा निर्वाचन गरिने बताउनुभयो । गत निर्वाचनमा ६० मध्ये २६ आङ्गिक क्याम्पस र ८० वटा सामुदायिक क्याम्पसमा निर्वाचन भएको थियो ।

त्रिविका ६० आङ्गिकसहित एक हजार ८३ क्याम्पस रहेका छन् । त्रिविले अध्यक्ष, सचिव र कोषाध्यक्षसहित ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन र उपाध्यक्ष, सहसचिव तथा ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीमा निर्वाचन गर्दै आएको छ ।

अनेरास्ववियुका (क्रान्तिकारी)का अध्यक्ष रञ्जीत तामाङले स्ववियु निर्वाचन गर्ने त्रिविको तयारीलाई स्वागतयोग्य बताउनुभएको छ । नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिंह महरले निर्वाचनको प्रणालीबारे कुनै विवाद नभएकाले आफ्नो सङ्गठनले निर्वाचनमा सहभागिता जनाउने बताउनुभयो । अनेरास्ववियुका महासचिव ऐन महरले स्ववियु निर्वाचनबारे विद्यार्थी सङ्गठनमा कुनै विवाद नरहेकाले त्रिविलाई निर्धारित मितिमा नै निर्वाचन गर्न सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
info@mediamissionnews.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal