१४ औँ प्रिन्ट प्याक एक्सपो नोयडामा हुँदै

रामहरि बस्नेत । काठमाडौँ, २२ पुस : प्रिन्टिङ्ग व्यवसायिहरुको कुम्भ मेला भारतको ग्रेटर नोयडामा हुन गईरहेको छ ।

आगामी फरवरी महिनाको १ तारिखदेखि ६ तारिखसम्म भारतको ग्रेटर नोयडामा रहेको इन्डियन एक्सपो सेन्टरमा विश्वको तेस्रो तथा १४ औँ प्रिन्ट प्याक एक्सपो हुने जानकारी नेपाल मुद्रण उद्योग महासंघको व्यवस्थापनमा काठमाडौँमा एक रोड शो कार्यक्रमको आयोजनागरी जानकारी गराइयो ।

प्रिन्टिङ्ग उद्योग व्यवसायमा विश्वका नयाँ नयाँ प्रविधिहरुको प्रर्दशन गर्ने तथा ति प्रविधिहरुको जानकारी दिने उद्देश्यले उक्त एक्सपो आयोजना गरिएको एक्सपोका आयोजक तथा Indian Printing Packaging & Allied Machinery Manufactures’ Association का अध्यक्ष एस दयाकर रेड्डीले जानकारी दिनुभयो ।

सन १९९० देखि एक्सपोको आयोजना गरिएको जानकारी दिदैँ रेड्डीले नेपाली प्रिन्टिङ्ग व्यवसायिहरुको समस्या समाधान गर्न आफुहरु सधै तयार रहेको बताउनु भयो ।
कार्यक्रममा भारतबाट आउनुभएका अध्यक्ष एस दयाकर रेड्डी र उपाध्यक्ष जयविर सिंहलाई नेपाली प्रिन्टिङ्ग व्यवसायिहरुको तर्फबाट नेपाली टाकाको टोपी तथा दहिको टीकालगाएर स्वागत गरिएको थियो ।

अतिथिहरुलाई स्वागत गर्दै महासंघका अध्यक्ष पुस्कल गौतमले बेला बेलामा आयोजना हुने यस्ता प्रर्दशनीले व्यवसायिहरुलाई लाभ पुगेको बताउनु भयो ।

उक्त रोड शो कार्यक्रममा देशभरीका प्रिन्टिङ्ग व्यवसायिहरुको उल्लेखनिय उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.