‘व्यावसायिक जनशक्ति उत्पादन गर्ने शिक्षा आवश्यक’ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओली काठमाडौँको बुढानीलकण्ठ स्कुलमा बिहीबार राष्ट्रिय शिक्षा सम्मेलनको उद्घाटन गर्दै । तस्वीर: नवीन पौडेल

काठमाडौँ, ५ पुस : प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको नेपाली शिक्षा बेरोजगार उत्पादन गर्ने शिक्षा जस्तै बनेको बताउनुभएको छ । 

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको मस्यौदा प्रतिवेदनमाथिको छलफलमा प्रधानमन्त्री ओलीले शिक्षाले व्यावसायिक जनशक्ति उत्पादन गर्नु अहिलेको आवश्यकता रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कुन क्षेत्रमा कस्तो खाले जनशक्तिको आवश्यकता हो, सोही अनुसार नै विद्यालयले विद्यार्थी भर्ना गर्नुपर्छ ।” विकसित देशको शिक्षा र पिछडिएको देशको शिक्षा जहिले पनि फरक रहने उहाँ बताउनुहुन्छ । 

उक्त आयोग शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गत असार ३२ गते गठन भएको थियो । बैठकमा मन्त्री पोखरेलले उच्चस्तरीय आयोगले नेपालको शिक्षाको दीर्घकालीन योजना तय गर्ने बताउनुभयो । सो अवसरमा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले निजी क्षेत्रले शिक्षालाई सेवा नभई पेशाका रुपमा लिएको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.