गुणस्तर सुधारका लागि शैक्षिक बहस

बाजुरा, १४ मङ्सिर: बडिमालिका नगरपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि विद्यालयस्तरीय शैक्षिक बहस सञ्चालन गरेको छ ।

शिक्षक, अभिभावक, विद्यार्थी र सरोकारवाला निकायलाई सँगै राखेर समस्याको उठान, सवाल पहिचान र समाधानको विकल्पसहितको संवादका लागि शैक्षिक बहस सञ्चालन गरेको हो ।

पहिलो चरणमा नगरक्षेत्रभित्रका आठ विद्यालयमा शैक्षिक बहस सञ्चालन गर्ने भएको छ । शिक्षासँग सरोकार राख्ने निकाय र स्थानीय सञ्चारमाध्यमसँगको सहकार्यमा सार्थक छलफलका लागि शैक्षिक बहस सञ्चालन गरिएको सहास नेपाल सिफल्स परियोजनाका जिल्ला संयोजक रामबहादुर खत्रीले बताउनुभयो ।

पहिलो चरणमा लक्ष्मी मावि जिल्ली, ज्ञानुदय मावि रजातोली, नेरा मावि जडागा, जाल्पा मावि पिनालेख, सत्यवादी मावि भौनेरामा शैक्षिक बहस कार्यक्रम सञ्चालन गरिएको छ भने अब मालिका मावि मार्तडी, कैलाश मावि मना र चोयाकोट माविमा यो बहस सञ्चालन गरिने नगरपालिकाले जनाएको छ ।

बहस कार्यक्रममा शिक्षक नियमित उपस्थित नभएको, भौतिक अवस्था दयनीय रहेको, अभिभावकको सहयोगी भूमिका नरहेको, छात्रामैत्री शौचालय नभएको जस्ता समस्या देखिएको नगरपालिकाका उपप्रमख कविता विष्टले बताउनुभयो ।

नगरप्रमुख पदम बडुवालले जिल्लाको शैक्षिक गुणस्तर सुधारका लागि नगरपालिकाले आवश्यक सहयोग प्रदान गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal