सहुलियतपूर्ण कर्जा लिनेको संख्या १ लाख ४७ हजार पुग्यो

काठमाडौं, ७ मंसिर : सरकारले ब्याज अनुदानमा प्रदान गर्दै आएको सहुलियतपूर्ण कर्जा लिनेको संख्या १ लाख ४७ हजार ६ सय ४२ पुगेको छ । त्यसमध्ये ३ सय ९६ जनाले प्रतिव्यक्ति एक करोड रुपैयाँभन्दा बढी कर्जा लिएका छन् ।

२०७९/८० को तीन महिनासम्ममा ५-६ प्रतिशतको ब्याज अनुदानमा लाभ लिन सफल भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । २०७२ सालदेखि सरकारले उक्त ब्याज अनुदानमा यस्तो कर्जा उपलब्ध गर्दै आएको छ । एकै व्यक्तिले एक करोड सहुलियतपूर्ण कर्जा लिने ऋणी प्रदेश १ मा एनआईसी एसिया बैंकबाट ६४ जना ऋणी रहेका छन् । ठूला रकमको यस्तो कर्जा अन्य वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी र लघुवित्त वित्तीय संस्थाबाट पनि लिएका छन् । सबैभन्दा बढी सहुलियत कर्जा कृषि बैंकका ऋणीले लिएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । कृषि विकास बैंकले १४ हजार ९ सय ५१ जनालाई यस्तो कर्जा प्रवाह गरेको छ ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.