एक करोडभन्दा बढी युक्रेनी बिजुलीविहीन : जेलेन्स्की

किभ, २ मंसिर : युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका विभिन्न सहरमा रुसको आक्रमणले देशको ऊर्जा पूर्वाधारलाई क्षति पुर्‍याएपछि लाखौँ युक्रेनी नागरिक विद्युतविहीन भएको बताएका छन् ।

“हाल एक करोडभन्दा बढी युक्रेनी नागरिक विद्युत्विहीन भएका छन्,” उनले भने ।

विद्युत अभावका कारण ओडेसा, भिन्निट्सिया, सुमाइ र किभ क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन् ।

जेलेन्स्कीले भने, “हामी आपूर्तिलाई सामान्य बनाउन सबै प्रयास गरिरहेका छौँ ।”

रुसविरुद्ध युद्धभूमिमा विजय हासिल गरेपछि युक्रेनले आफ्नो विद्युत ग्रिडमाथि आक्रमणको सामना गर्नुपरेको छ । पछिल्लो समय दक्षिणी सहर खेरसनबाट मस्को पछि हटेको छ ।

युक्रेनका विभिन्न सहरमा एएफपीका पत्रकारहरूले पछिल्लो आक्रमण यस सिजनको पहिलो हिमपातसँगै भएको बताएका छन् । युक्रेनको विद्युत पूर्वाधारमा ठूलो क्षतिका कारण अधिकारीहरूले ग्रिडलाई सन्तुलनमा राख्न बिजुली कटौती गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.