नाकाबन्दीसँगै सुरु, अहिलेसम्म बनेन

सडक किनारका घरटहरा भत्काइदै । गल्छी मैलुङ स्याफ्रुबेसी रसुवागढी सडक आयोजनाले नुवाकोट बेलकोटगढीनगरपालिका ५ मा सडक विस्तारको क्रममा स्थानीयले समयसिमा आफनो घरटहरा नहटाएपछि स्थानीय प्रशासनको सहयोगमा घरटहरा भत्काउन थालेको छ । तस्बिर कृष्ण थापा

काठमाडौं, २३ कात्तिक : भारतले नाकाबन्दी लगाएको समयमा नेपाल सरकारले उच्च प्राथमिकतामा राखेर निर्माण कार्य गरेको गल्छी-त्रिशूली- मैलुङ-स्याफ्रुबेंसी रसुवागढी सडक आधा मात्रै सकिएको छ । सरकारले २०७२/ ७३ सालमा दुई वर्षभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्यसहित ८२ किलोमिटर निर्माण गर्ने योजना अघि बढाएको सडकको ६५ किलोमिटर खण्डको मात्रै ५२.६१ प्रतिशत भौतिक प्रगति भएको छ ।

काठमाडौँ उपत्यकाबाट छिमेकी मुलुक चीनसँग जोड्ने यो सबैभन्दा छोटो सडक मार्ग सात वर्षदेखि अलपत्र रहेको छ । सडकको रेखाङ्कन नहुनु, मुआब्जा / क्षतिपूर्ति विवाद, सर्वोच्च अदालतको स्टे अर्डर र ठेकेदार कम्पनीको लापरबाही आदि कारणले यो सडक योजनाको निर्माण कार्य प्रभावित हुँदै आइरहेको छ ।

गल्छी-त्रिशूली–मैलुङ-स्याफ्रुबेंसी – रसुवागढी सडक योजना प्रमुख ध्रुव श्रेष्ठले भारतीय नाकाबन्दीपछि निर्माण अघि सारिए पनि अपेक्षित गतिमा सडक निर्माण कार्य हुन नसकेको बताए । ‘काठमाडौँ उपत्यकाबाट छिमेकी मुलुक चीन सबैभन्दा छोटो नाकाको सडक सात वर्षदेखि निर्माणाधीन अवस्थामा छ’, उनले भने, ‘सडकको मुआब्जा र क्षतिपूर्ति विवादको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन भएकाले पनि सडक निर्माणले गति लिन सकेको छैन ।’

आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.