मंसिर १ गतेदेखि लाइसेन्सको अनलाइन आवेदन बन्द हुने
काठमाडौं, यातायात व्यवस्था विभागले मंसिर १ गतेदेखि सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन बन्द गर्ने भएको छ । विभागले शुक्रबार एक सूचना जारी गर्दै अर्को सूचना जारी नगरुञ्जेलसम्म अनलाइन आवेदन बन्द रहने जनाएको हो ।
निर्वाचनमा कर्मचारी खटिनुपर्ने भएकाले अनलाइन आवेदन बन्द गरिएको सूचनामा उल्लेख छ ।
४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा विभागबाट कर्मचारीहरू खटिनुपर्ने भएकाले सेवा रोक्नु परेको सरकारको दाबी छ । विभागले कहिलेदेखि प्रणाली खुल्छ भन्ने उल्लेख गरेको छैन ।
विभागले लाइसेन्स छपाइ र वितरण चरम ढिलासुस्ती गर्दै आएको छ । ट्रायल पास भइसकेकाहरुले करिब ३ वर्षसम्म पनि लाइसेन्स नपाएको अवस्था छ ।
