माओवादी केन्द्रको घोषणा पत्र : समृद्धिका लागि क्रमभंगता ! (पूर्णपाठ)
काठमाडौं, १४ कात्तिक : नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको घोषणपत्र सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् ।
घोषणापत्रमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था गरिने प्रतिबद्धता जनाइएको छ । “राष्ट्रपति र प्रदेश प्रमुखको निर्वाचन देश र सम्बन्धित प्रदेशलाई एक निर्वाचन क्षेत्र मानी बालिग मताधिकारको आधारमा प्रत्यक्ष निर्वाचन पद्धतिबाट हुने व्यवस्था गरिने छ,” घोषणापत्रमा भनिएको छ ।
त्यस्तै निर्वाचन प्रणालीलाई पूर्ण समानुपातिक बनाइने प्रतिबद्धतासमेत जनाइएको छ ।
“प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन जातीय जनसङ्ख्या (क्लस्टर)को आधारमा पूर्ण समानुपातिक निर्वाचन प्रणालीमार्फत गरिनेछ । क्लस्टरमा खसआर्य, आदिवासी जनजाति, दलित, मधेसी–तराई समुदाय, थारु, मुस्लिम रहनेछन् र सम्बन्धित क्लस्टरमा ३५ प्रतिशत महिला प्रतिनिधित्व हुनेछ । मजदुर र किसानलाई कम्तीमा १० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिनेछ,” घोषणापत्रमा भनिएको छ ।
राष्ट्रियसभालाई सबै प्रदेश, उत्पीडित समुदाय र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा योगदान गरेका व्यक्तिको प्रतिनिधित्व हुने गरी परिवर्तन गरिने उल्लेख छ । संघ, प्रदेश र स्थानीय तहको चुनावको मिति, कार्यकालको प्रारम्भ र अन्त्य संविधानमा नै तोकिने बताइएको छ ।
हेर्नुहोस् पूर्णपाठ