नेपाल र बंगलादेशबीचको मौत्रिपूर्ण फुटबल खेल आज

काठमाडौं, ११ असोज : अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेलमा नेपाल र बंगलादेशबीच आज ​ प्रतिष्पर्धा हुने भएको छ ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल  बेलुका साढे ५ बजे सुरु हुनेछ ।

नेपाली टिमको कार्यबाहक प्रशिक्षण जिम्मा प्रदीप हुमागाइले पाएका छन् । यस्तै,कप्तानमा किरणकुमार लिम्बू फर्किएका छन् । दुबैले बंगलादेशबिरुद्द जित निकाल्ने खेल्ने बताएका छन् ।

घरेलु भूमिमा नेपाल बंगलादेशलाई हराएर समर्थकलाई दशैंको उपहार दिन चाहन्छ । नेपाली टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईले बंगलादेशविरुद्ध जितकै लागि खेल्ने बताएका छन् ।

नेपाल र बंगलादेशबीच विभिन्न प्रतियोगिता र मैत्रीपूर्ण खेलमा गरी २४ पटक प्रतिष्पर्धा भएको छ । जसमा बंगलादेशले १२ खेल जितेको छ भने नेपालले ७ खेल मात्रै जितेको छ । ५ खेल बराबरीमा सकिएको छ ।

नेपालले पछिल्लो पटक घरेलु मैदानमा बंगलादेशलाई हराएको थियो । थ्री नेसन्स कपमा ।

२०७७ चैत १६ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले बंगलादेशलाई २-१ ले हराएर थ्री नेसन्सको उपाधि जितेको थियो ।

यस खेलमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले भीआईपीका लागि ५ हजार रुपैयाँमा टिकट बेच्ने भएको छ ।  एन्फाका महासचिव किरण राईका अनुसार बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि ८० वटा टिकटको मूल्य ५ हजार रुपैयाँ तोकिएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.