काठमाडौं नदी किनारका सुकुमवासी बस्ती (फोटो फिचर)

शिवपुुरी डाँडाबाट देखिएको काठमाडौँ उपत्यकाको दृश्य । तस्वीर: चन्द्रकला क्षेत्री

काठमाडौं, ३२ असार : राजधानीको बाग्मती, विष्णुमती, मनोहरा र गोदावरी नदी किनारको खाली जमिनमा हजारौँ टहरा बनेका छन्। घरबारविहीनका नाममा हजारौँ यहाँ बस्दै आएका छन्।

नदी किनार अतिक्रमणमा पर्दा उपत्यकाको सभ्यतामै प्रश्नचिह्न खडा भएको छ। नदी अतिक्रमणका साथै फोहोरको समस्या जटिल बनेको छ। फोहोर नदी किनारमा बस्ने सुकुमवासीका पनि आफ्नै समस्या छन्।

विभिन्न समयमा बनेका सरकारले सुकुमवासीको व्वस्थापन गर्ने आश्वासन दिए पनि कार्यान्वयन भने भएको छैन। यी अव्यवस्थित वस्तीका कारण शहरको सौन्दर्यमा ह्रास आएको त छ नै सुकुमवासी पनि अनेक समस्या भोग्न बाध्य छन्।

स–साना झुपडी र टहराबाट वर्षौंअघि शुरु भएको यहाँका बस्ती अचेल धेरै ठाँउमा पक्की घरमा परिणत भएको देख्न सकिन्छ। कतिपय ठाँउमा महँगो रकम लिएर सटर र कोठा भाडामा लगाइरहेको पनि पाइन्छ।

हेर्नुहोस् काठमाडौं उपत्यकाका केही सुकुमवासी बस्ती–

बालाजुनजिक विष्णुमती किनारको बस्ती ।

सुकुमबासी बस्ती छेउका सडकहरु हिलाम्मे छन् । वरपर वन, बुट्यान र झाडी रहेकाले सर्पलगायतको त्रास पनि त्यत्तिकै छ ।

स-साना झुपडी र टहराबाट वर्षौंअघि सुरु भएको यहाँको बस्ती आजकल धेरै ठाउँमा पक्की घरमा परिणत भएको देख्न सकिन्छ ।

कतिपय ठाउँमा महँगो रकम लिएर सटर र कोठा भाडामा लगाउने प्रचलन पनि सुरु भइसकेको छ ।

सरकारले सुकुमबासी र अव्यवस्थित बसोवासीहरुको व्यवस्थापनका लागि आयोग नै बनाएर काम सुरु गरेसँगै धेरै घरविहीनहरू खुसी छन् । तर सरकारले सुकुमबासीहरुलाई व्यवस्थित गर्न नसक्दा कहिले ठाउँ छोडेर हिंड्नुपर्छ भन्ने चिन्ता पनि त्यत्तिकै छ ।

कहींकतै घर नहुने र लामो समयदेखि झुपडीमा वास बस्ने बेसहाराहरुका लागि पछिल्लो समय सुकुमबासी बस्ती आशाको सञ्चार भएको छ ।

राजधानीको गैरीगाउँ नजिक रहेको बस्ती र अस्तव्यस्त सडक ।
ललितपुरको गोदवारीस्थित नगरमा रहेको बस्ती । यहाँ २५० भन्दा धेरै सुकुमबासीको घरटहरा रहेको छ ।
भक्तपुरको मनाेहरामा रहेको बस्ती यहाँ झण्डै ११०० घर टहरा रहेका छन् ।
सिनामंगलको वाग्मती किनारमा रहेको बस्ती ।
काठमाडौंको सिनामंगल वाग्मती बस्तीछेउ रहेको बस्ती ।
सिनामंगलको वाग्मती कोरिडोरमा रहेको बस्ती ।
काठमाडौंको टेकुस्थित वाग्मती किनारमा सुकुमबासी बस्तीमा बनाइएको पक्की घर । यहाँ एउटा सटरको रु.१० हजारदेखि १५ हजारसम्म लिएर भाडा लगाइन्छ ।
काठमाडौंको थालाथली बस्ती ।

 

तस्वीर सौजन्य : न्युज एजेन्सी नेपाल

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.