सरकारले पेट्रोल २० रुपैयाँ र डिजेलको मूल्य २९ रुपैयाँले घटायो

काठमाडौं, ११ असार : सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

शनिबार पत्रकार सम्मेलन गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री ‍दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्य घटाएको जानकारी दिए । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलमा प्रतिलिटर २० र डिजेलमा प्रतिलिटर २९ रुपैयाँ कर कटौती गर्दै मूल्य घटाइएको बताए ।

पेट्रोलको २० र डिजेलको २८ रुपैयाँ मूल्य घटाउने घोषणा गरेकामा सो निर्णय मध्यराति १२ बजेदेखि लागू हुने शनिबार अयोजित आकस्मिक पत्रकार सम्मेलनमा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले जानकारी दिए ।

पेट्रोलमा २० रुपैयाँले घटाएर १७९ पुर्‍याएको छ । यस्तै डिजेल-मट्टीतेलको मूल्यमा २९ रुपैयाँले घटाएर १६३ रुपैयाँ पुर्‍याएको हो । सरकारले लिँदै आएको कर कटौती गरेर मूल्य घटाएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको सत्ता गठबन्धनको बैठकले कर कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाउन सरकारलाई निर्देशन दिने निर्णय गरेको थियो ।

यसअघि पेट्रोलको मूल्य १९९ र डिजेलको मूल्य १९२ थियो ।

सरकारले पेट्रोलियम पदार्थमा लागू गर्दै आएको कर कटौती गरेर सर्वसाधारणलाई राहत दिएको हो ।

पेट्रोलियम पदार्थको अत्यधिक मूल्यवृद्धि भएको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सदन र सडक दुवैमा सशक्त आवाज उठाउँदै आएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.