नारायणगढ–मुग्लिन सडक एसियाली मापदण्डको बनाउँदा पनि समस्या उस्तै

चितवनस्थित मुग्लिन–नारायणगढ सडक खण्डको कविलासमा झरेको पहिरो हटाएर सडक सुचारु गरिँदै । तस्बिर: प्रशन्न पोखरेल, गोरखा

काठमाडौं, २ असार : नारायणगढ–मुग्लिन सडक खण्डलाई दुई लेनमा स्तरोन्नति गरी एसियाली मापदण्डमा पुनर्निर्माण गरेर सञ्चालनमा ल्याएको चार वर्ष पूरा हुन लागेको छ । सङ्घीय राजधानी काठमाडौँलाई देशका मुख्य भूभागसँग जोड्ने सडक खण्डको स्तरोन्नतिसँगै दुर्घटनामा कमी आउने र आवागमन सहज हुने विश्वास गरिएको थियो ।

तर अहिले दिनहुँजसो नै उक्त सडक खण्ड पहिरोले अवरुद्ध हुने गरेको छ । वर्षामा हिले पहिरो र हिउँदमा सुक्खा पहिरोको जोखिम अरू बढेको छ । पाँच वर्षदेखि नारायणगढ–काठमाडौँ माइक्रो चलाइरहेका चालक रवि मोक्तान नारायणगढ–मुग्लिन सडकका ठाउँठाउँमा हिउँद वर्षा जतिबेला पनि जोखिम रहेको बताए​ । उनले आँखा अगाडि सवारीसाधन पुरिएको स्मरण गरे  ।

यो समाचारगोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.