नाडालले जिते कीर्तिमानी २२औ ग्राण्डस्लाम उपाधि
काठमाडौं, २३ जेठ : स्पेनिस टेनिस स्टार राफायल नाडालले फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन् ।
पेरिसमा आइतबार भएको फाइनलमा कास्पर रुडलाई हराउँदै नाडालले उपाधि जितेका हुन् ।
क्ले कोर्टका राजा नाडालले आठौं वरीयताका नर्वेजियन रुडलाई ६-३,६-३ र ६-० को सेटमा पराजित गरे ।
रुड नाडालका चेला हुन् । २३ वर्षीय रुड २०१८ देखि मालोर्कामा रहेको नाडालको एकेडेमीमा ट्रेनिङ गर्दै आईरहेका छन् ।
यससँगै पाँचौ वरीयताका नाडालले कीर्तिमानी १४ औं पटक फ्रेन्च ओपन जित्न सफल भएका छन् ।
नाडाल १४ पटक फ्रेन्च ओपन जित्ने एक्लो खेलाडी हुन् ।
यस्तै ३६ वर्षीय नाडालको यो कीर्तिमानी २२ औं पटक ग्रान्डस्लाम टेनिसको उपाधि हो ।
महिलातर्फको उपाधि विश्व नम्बर एक इगा स्वेटेकले जितेकी छिन् ।
पेरिसमा शनिबार भएको फाइनलमा अमेरिकी खेलाडी कोको गाउफलाई हराउँदै पोल्याण्डकी इगाले उपाधि जितेकी हुन्।
इगाले दोस्रो पटक फ्रेन्च ओपन जितेकी हुन् । यस अघि उनले २०२० मा उपाधि जितेकी थिइन् ।