वैदेशिक रोजगारः १० महिनामा ५ लाखले लिए श्रमस्वीकृति

काठमाडौं, २३ जेठ : चालू आर्थिक वर्षको १० महिनामा श्रमस्वीकृति लिएर रोजगारीका लागि विदेश जाने श्रमिकको संख्या ५ लाख नजिक पुगेको छ। तर, चैतभन्दा वैशाखमा श्रमस्वीकृति लिने श्रमिकको संख्या भने घटेको छ।

चालू आर्थिक वर्षको १० महिनामा ४ लाख ९७ हजार ७९० युवाले वैदेशिक रोजगारीमा जाने श्रमस्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ । यो संख्या गत वर्षको सोही अवधिको तलनामा भने लगभग तेब्बर बढी हो ।

गत आर्थिक वर्षको १० महिनामा १ लाख ७१ हजार युवाले विदेशमा रोजगारीमा जाने जनाउँदै श्रमस्वीकृति लिएका थिए । कोभिड खोपको पहुँच र स्वास्थ्य मापदण्डमा आएको खुकुलोका कारण कोरोना संक्रमणका बीच पनि नेपालबाट वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या उल्लेख्य वृद्धि भएको छ ।

आजको कारोबार दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.