खुमलटार पुगेर प्रचण्डलाई भेटे बालेनले

काठमाडौं, २१ जेठ : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

शाहसँगको भेटमा अध्यक्ष प्रचण्डले राम्रो काममा आफ्नो साथ रहन आश्वासन दिएका थिए । प्रचण्डले भने. ‘तपाईंको जित बहुत ठूलो कुरा हो, क्रान्ति हो । पहिलेका मेयरहरू, स्वतन्त्रहरू कुनै एउटा पार्टीसँग एलाइन भएर अरू पार्टीलाई गाली गर्ने सिस्टम थियो तर तपाईंले पहिलो पटक सबैलाई मिलाएर – सहकार्य गर्ने काम गरिरहनुभएको छ त्यो सराहनीय छ त्यसैले तपाईंलाई हाम्रो सधैँभरि साथ र सहयोग हुनेछ। ”

भेटमा प्रचण्ड र बालेनले एकअर्काको प्रशंसा गरेका थिए । मेयर साहले गठबन्धनबाट आफूले सहयोगको अपेक्षा गरेको बताएको प्रचण्डको सचिवालयले जनाएको छ ।

यसअघि मतगणना जारी रहँदा साहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए । उनले केही दिनअघि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटिसकेका छन् ।

यसअघि महानगरप्रमुख निर्वाचित भएलगत्तै साहले सैनिक मुख्यालय पुगेर प्रधानसेनापति प्रभुराम शर्मासँग पनि भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.