राष्ट्रपति भण्डारी सुर्खेतमा, बुधबार बाजुराकाे बडिमालिका जाने
सुर्खेत, १७ जेठ : राष्ट्रपति विद्यादेवी भण्डारी अनौपचारिक भ्रमणको सिलसिलामा सुर्खेत पुगेकी छन् ।
सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल बडिमालिका जाने कार्यक्रमअनुसार उनी आज सुर्खेत आएकाे सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेले बताए ।
राष्ट्रपति भण्डारी आज १ः४५ बजे नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत आएकाे बताए ।
नेपाली सेनाको सुर्खेतस्थित पश्चिम कमाण्ड हेडक्वार्टर निमारेमा बास बस्ने र बुधबार बिहान बाजुरातर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारीले आज अपरान्ह सुर्खेतको पर्यटकीयस्थल काँक्रेविहार अवलोकन गर्नेछिन् ।