पोर्चुगल र पोल्यान्ड विश्वकपमा छनोट

काठमाडौं, १६ चैत : पोर्चुगल र पोल्यान्ड फिफा विश्वकप २०२२ का लागि छनोट भएका छन् । युरोपियन छनोटको प्लेअफमा आ-आफ्ना खेल जित्दै दुवै टिमले विश्वकपमा स्थान पक्का गरेका हुन् ।

क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल कतारमा आयोजना हुने फिफा विश्वकपमा छनोट भएको छ ।

यूईएफए छनोट अन्तर्गत मंगलबार राति भएको प्ले अफ फाइनलमा नर्थ म्यासेडोनियालाई २-० गोल अन्तरले हराउँदै पोर्चुगलले विश्वकपको यात्रा तय गरेको हो ।

पोर्चुगललाई जित दिलाउन ब्रुनो फर्नान्डेजले दुई गोल गरे ।

Image

खेलको ३२ औं मिनेटमा फर्नान्डेजले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ६५ औं मिनेटमा फर्नान्डेजले व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई २-० को जित दिलाए ।

पोर्चुगल लगातार छैटौं पटक विश्वकपमा छनोट भएको हो ।

यस्तै पोल्याण्ड कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलमा छनोट भएको छ ।

यूईएफए छनोट अन्तर्गत मंगलबार राति भएको प्ले अफ फाइनलमा स्विडेनलाई २-० गोल अन्तरले हराउँदै पोल्याण्डले विश्वकपको टिकट काटेको हो ।

पोल्याण्डलाई जित दिलाउन रोबर्ट लेवान्डोस्की र पिओट्र जेलिनिस्कीले एक एक गोल गरे ।

स्विडेनलाई हराउँदै पोल्याण्ड विश्वकपमा छनोटखेलको ४९ औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीबाट गोल गर्दै पोल्याण्डलाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ७२ औं मिनेटमा जेलिनिस्कीले गोल गर्दै पोल्याण्डलाई २-० को जित दिलाए ।

अब युरोपबाट विश्वकपमा छनोट हुने एक टिमको टुंगो लाग्न बाँकी छ । जसमा स्कटल्यान्ड र युक्रेनबीच खेल हुनेछ । यो खेल जुनमा हुने तय छ । विजेताले वेल्ससँग भिड्नेछ । अब युरोपबाट वेल्स वा स्कटल्यान्ड र युक्रेन मध्ये एक टिम विश्वकपमा पुग्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.