नेपाल प्रहरीका डीआईजीहरु पन्त, सिंह र धानुक एआईजीमा बढुवा

काठमाडौं, १ चैत : नेपाल प्रहरीका तीनजना डीआईजीहरु एआईजी बढुवामा सिफारिस भएका छन् ।

गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले डीआईजीहरु वसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रविन्द्र धानुक लाई एआईजीमा बढुवा गर्न सरकारलाई सिफारिस गरेको हो ।

सोही सिफारिसका आधारमा मन्त्रिपरिषद्को बैठकले एआईजी बढुवा गर्नेछ । यसअघि सरकारले नेपाल प्रहरीमा तीन एआईजीको दरबन्दी थपेको थियो । हाल नेपाल प्रहरीमा जनपदतर्फ पाँच एआईजी छन् । तीनजना थपिएसँगै एआईजीको संख्या आठ पुग्नेछ ।

एआईजी र आईजीपी विशिष्ट श्रेणीका पद मानिन्छन् । पन्त आईजीपीकै ब्याची हुन । उनकी आईजीपीसँगै अवकाशमा जानेछन् ।

आईजीपी क्षेत्रीले ०७९ वैशाख १९ गते अनिवार्य अवकाश पाउँदै छन् । उनीसँगै उनकै ब्याची एआईजीहरू हरि पाल, प्रद्युम्न कार्की र निरज शाहीसँगै अन्य डीआईजीहरुले पनि अवकाश पाउनेछन् ।

आईजीपीका ब्याची एआईजीहरु अवकाशमा जाने भएपछि प्रहरीको भावि नेतृत्वका लागि एआईजीहरु  विश्वराज पोखरेल र सहकुल थापासंगै नयाँ थपिएका एआईजीबीच प्रतिस्प्रर्धा हुनेछ ।

बढुवा सिफारिस गरिएका धिरज प्रताप सिंह केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत छन् । वसन्त पन्त अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा र रवीन्द्र धानुक कार्य विभागमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.