मुद्रण उद्योग महासंघको अध्यक्षमा ढकालको उम्मेदवारी घोषणा

काठमाडौं, ११ फागुन : मुद्रण उद्योग महासंघको अध्यक्ष पदमा गोपाल प्रसाद ढकालले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

कोभिड महामारीका कारणले गर्दा विभिन्न मितिमा घोषणा भएर रोकिएको महासंघको साधारण सभा तथा अधिवेशन यही फागुन २० र २१ गते काठमाडौंमा हुनगइरहेको छ ।

विगत लामो समयदेखि प्रिन्टिङ व्यवसाय संचालन गर्दै आएका ढकाल एक सफल मुद्रण व्यवसायी हुन् । व्यवसाय संचालन गर्ने क्रममा व्यवसायीहरुका हकहीतको लागि एवं व्यवसायीक अधिकारको सुनिश्चित गर्न एक्लै लडाई लडेर केही हुँदैन भन्ने ठानेर आम मुद्रण व्यवसायी साथीहरुको पहलमा २०६८ माघ ५ गते काठमाडौं मुद्रण उद्योग संघको स्थापना गर्नमा ढकालको महत्वपूर्ण भूमिका रहेको थियो ।

काठमाडौं मुद्रण संघको स्थापनादेखि नै व्यवसायीक हकहीतको लागि लड्दै आएको काठमाडौं मुद्रण उद्योग संघलाई संस्थागत रुपमा बलियो बनाउन धेरै भन्दा धेरै मुद्रण व्यवसायीहरुलाई समेटन सफल ढकाल काठमाडौं मुद्रण उद्योग संघको संस्थापक कोषाध्यक्ष तथा अध्यक्षको जिम्मेवारी पूरा गरेका वरिष्ठ मुद्रण व्यवसायी ढकाल हाल महासंघको बागमती प्रदेशका उपाध्यक्ष हुन् ।

आजको महासंघको अवस्था भनेको जिल्ला, संघ तथा सम्पर्क समिति गरी लगभग ६० जिल्ला गठन भएको स्थितिमा हाम्रा सामु धरै ठूलाठूला व्यवसायीक चुनौतीहरु देखा परिरहेका छन् । महासंघलाई व्यवस्थित तथा चुस्त दुरुस्त बनाई कार्य सम्पादन गर्नुपर्ने चुनौती हाम्रा सामु छदैछ । यीनै चुनौतीहरुलाई चिर्दै महासंघलाई व्यवस्थित पार्दै व्यवसायीहरुको हकहीत र अधिकारका लागि जुध्न सक्ने जुझारु टिमको आवश्यकता महासंघमा देखिएकोले मैले महासंघको आगामी अधिवेशनमा अध्यक्षको उम्मेदवारी दिने कुरा यहाँहरुलाई सहर्ष जानकारी गराउन चाहन्छु साथै सहयोगको अपेक्षा गरेको बताए ।

वरिष्ठ मुद्रण उद्योगी ढकाल अमेरिका, जर्मनी, मलेसिया, भारत लगायतका विभिन्न देशमा नेपालको प्रतिनिधित्व गरेका छन् । आज यस सुवर्ण अवसरमा तपाईंहरु सम्पूर्ण साथीहरुको उपस्थितिमा मेरो केही भनाईहरु राख्न पाउँदा अत्यन्तै खुशी लागेको बताए । तपाईंहरुको साथ र सहयोगबाट म महासंघको नेतृत्वमा पुगे भने तपाईंहरुकै सल्लाह र सुझावहरुलाई आत्मसात गर्दै अघि बढ्नेछु भन्दै पुनः सम्पूर्ण साथीहरुलाई प्रतिनिधि छनौट हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना दिए । आफ्ना भनाईहरु राख्ने अवसर दिएकोमा काठमाडौं मुद्रण उद्योग संघ परिवार प्रति आभार व्यक्त गरे । आगामी अधिवेशनमा सहयोगको अपेक्षा गर्दै मुद्रण व्ययवसायिको हकहितको लागि सदैव यहाँहरुको माझ रहेन प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.