प्रेस चौतारी नेपाल स्याङ्जा जिल्लाको पाँचौँ अधिवेशन सम्पन्न

मिरा मल्ल । स्याङ्जा ११ माघ :  प्रेस चौतारी नेपाल स्याङ्जा जिल्लाको पाँचौँ अधिवेशन सम्पन्न भएको छ ।

स्याङ्जाको वालिङमा सम्पन्न भएको उक्त अधिवेशनले सुशिल सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

अधिवेशनले सर्वसम्मत चयन गरेको नयाँ कार्यसमिति अध्यक्षमा सुशिल सुवेदी ,उपाध्यक्षमा मणि अर्याल तथा कला राना, सचिवमा जीवन अर्याल, सहसचिवमा राधाकृष्ण शर्मा तथा सुनिल न्यौपाने, कोषाध्यक्षमा माधव गैह्रे एवं सदस्यहरूमा नारायण कोइराला, माधव प्रसाद रेग्मी, मोहन सुनार, पूर्णिमा नेपाली, हरि अर्याल, नारायण चापागाईं, सविन लामिछाने, अनिता गौतम रहेका छन् ।

नेकपा एमालेकी केन्द्रीय सचिव पद्मा अर्याल प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा विशिष्ट अतिथि प्रदेश सांसद् मोहन रेग्मी‌ थिए ।

विभिन्न राजनीतिक दलका प्रतिनिधि, जिल्लामा क्रियाशील पत्रकारहरु, नेपाल पत्रकार महासंघ स्याङ्जाका उपाध्यक्ष लगायतले मन्तब्य राख्नु भएकाे थियाे । कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष गाेपाल जिटिले गर्नु भएकाे थियाे ।

प्रेस चौतारीका केन्द्रीय सदस्य हिमलाल पराजुली र प्रेस चौतारी गण्डकी प्रदेशकी अध्यक्ष सुष्मा पौडेलले नवनिर्वाचित पदाधिकारीलाई सपथग्रहण गराउँदै पत्रकारिताको पेशागत हकहितको संरक्षण र संवद्दन गर्न डटेर कलम चलाउन अभिप्रेरित गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.