सेवा केन्द्र सञ्चालन व्यवस्थापन उपसमिति गठन

मीरा मल्ल । स्याङ्जा, २० पुस : सेवा केन्द्र सञ्चालन व्यवस्थापन उपसमिति गठनका लागि आँधीखोला गाउँपालिका- ५ जुग्लेमा सदस्य भेला कार्यक्रम आयोजना सम्पन्न ।

सञ्चालक समितिका अध्यक्ष हुम बहादुर कुमालको अध्यक्षतामा आयोजित कार्यक्रम सञ्चालन सचिव राजेन्द्र प्रसाद शर्माले गर्नु भएको थियो । कार्यक्रमको उद्देश्य का बारेमा सञ्चालक सदस्य ओम प्रकाश सापकोटाले भेलालाई जानकारी गराउनु भएको थियो भने गठन प्रकृयाका बारेमा लेखा सुपरीवेक्षण समितिका संयोजक शालीग्राम मरासिनीले जानकारी गराउनु भएको थियो ।

संस्थाका व्यवस्थापक ध्रुव नारायण श्रेष्ठले संस्थागत गितविधिको साथै नियमित बचतको महत्वको बारेमा सदस्हरूलाई जानकारी गराउनुको साथै संस्थाले २३ अौ स्थापना दिवसको अवसरमा प्रदान गरेको सदस्यता प्रवेश शुल्कमा छुट र मोवाईल बैकिङ रजिष्ट्रशन छुटका बारेमा समेत ध्यानार्कषण गराउनुको साथै उम्मेद्वार हुन ईच्छुक प्राप्त निवेदनका आधारमा सदस्यहरूको नामावली विवरण पेश गर्नु भएको थियो ।

केदारनाथ पौडेलको संयोजकत्वमा ७ सदस्यी सेवा केन्द्र सञ्चालन व्यवस्थापन उपसमितित सर्वसम्मत चयन भएको थियो । उक्त उपसमितिमा सर्वसम्मत चयन हुनेमा सचिव जीवन लामीछाने, कोषाध्यक्ष इन्द्रा के.सी. सदस्यहरूमा नन्दलाल शर्मा, अस्मिता सापकोटा, प्रेम पौडेल र ढाकाराम ढकाल चयन हुनु भएको थियो ।

भेलाले नन्दलाल शर्माको संयोजकत्वमा तीन सदस्यीय ऋण लगानी असुली कार्यदल, सचिव जीवन लामीछानेको संयोजकत्वमा चार सदस्यीय शिक्षा कार्यदल । अस्मिता सापकोटाको संयोजकत्वमा पाँच सदस्यीय महिला विकास कार्यदल गठन गरिएको थियो । अध्यक्ष हुम बहादुर कुमालले नवगठित उपसमितिका पदाधिकारीहरूलाई सपथ ग्रहण गराउनु भएको थियो ।

कार्यक्रममा नव गठित उपसमितिको संयोजकले प्रतिवद्धता सहित शुभकामना मन्तव्य राख्नु भएको थियो भने शुभकामना सहित कार्यक्रमको समापन अध्यक्ष हुम बहादुर कुमालले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.