सूर्योदय लघुवित्तको नवौं वार्षिक साधारण सभा सम्पन्न
मिरा मल्ल । स्याङ्जा, १७ पुस : सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडको नर्वौ वार्षिक साधारण सभा सम्पन्न भएकाे छ ।
स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका १, मा केन्द्रीय कार्यालय रहेकाे सूर्योदय लघुवित्तले २०७८ पाैष १६ गते सञ्चालक समिति अध्यक्ष लेखनाथ खनियाको अध्यक्षतामा ६५.८० प्रतिशत शेयर धनीहरुको उपस्थितिमा साधारण सभा सम्पन्न भएकाे हो ।
संस्थाले २०७८ साउन २२ गते नेपाल राष्ट्र बैंकबाट राष्ट्रियस्तरको वित्तीय संस्थाको रुपमा कारोवार गर्न इजाजतपत्र प्राप्त गरेकोमा आर्थिक वर्ष २०७७/७८ को आषाढ मसान्त सम्ममा नेपालका ३७ जिल्लामा १०२ वटा शाखा कार्यालयहरुमा ४४० कर्मचारीहरुबाट ७३०८० सदस्य, १,३७,३९,९३,९३०।९५ बचत संकलन गर्दै ३६०९९ जना ऋणी सदस्यहरुमा ३,७१,०१,२८,२०८।४८ लगानीमा रहिरहेको रकम वितरण गरि वित्तीय सेवा प्रदान गरेको छ ।
आ.व. ०७७/७८ मा वित्तीय संस्थाले खुद नाफा १०,६४,४८,८६६ प्राप्त गर्न सफल भएको छ । आ.व. २०७७/७८ को अषाढ मसान्तमा कायम रहेको चुक्ता पुँजी रु.२४,८०,४२,९२५। को २० प्रतिशतले हुन आउने रकम ४,९६,०८,५८५। बराबरको वोनस शेयर प्रदान गर्ने निर्णय पारित गरेको छ ।
स्याङ्जा जिल्ला उत्कृष्ट करदाताका रूपमा यस संस्था पाचाै पटक लगातार सम्मानित भएकाे छ । वित्तीय संस्थाले त्रिलोक लघुवित्त वित्तीय संस्था लिमिटेडलाई मर्ज गरेकाे थियाे । भने वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड सँग मर्ज गर्न नेपाल राष्ट्र बैकबाट सैद्धान्तिक सहमति समेत प्रात गरिसकेको छ ।
कार्यक्रममा संचालक अनन्तकुमार श्रेष्ठले मर्जर पछि सूर्याेदय वाेमि लघुवित्त वित्तीय संस्थाका रूपमा काराेवार गर्न साधारणसभाले पारित गरेकाे छ । मुलुककाे उत्कृष्ट लघुवित्त वित्तीय संस्थाका रूपमा पहिचान कायम गर्ने गरि काम गर्ने बताउनु भयाे । संस्थाका प्रमुख कार्यकारी अधिकृत माेक्ष पगेनी, पत्रकार ओेम शर्माले आफ्नाे मन्तब्य राख्नु भएकाे कार्यक्रममा संचालन कम्पनी सचिव राजेन्द्र न्याैपानेले गर्नु भएकाे थियाे ।