कृषि उपकरण वितरण कार्यक्रम सम्पन्न

मिरा मल्ल । स्याङ्जा १५ पुस : स्याङ्जा पुतलीबजार नगरपालिका र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (UNDP) को आर्थीक तथा प्राविधिक सहयोग र सुर्योदय क्लबको व्यवस्थापनमा संचालित कोभिड-१९ उद्दार र सामाजिक आर्थिक प्रतिकार्य पहल परियोजना अन्तर्गत अघिल्लो वर्ष छनाैट भई व्यवसायीक तरकारी उत्पादकका रूपमा क्रियाशिल ५० जना किसानहरुलाई पुतलीबजार नगरपालिकाे प्राङ्गणमा प्रविधि वितरण कार्यक्रम सम्पन्न भएको छ ।

किसानहरूलाई उनीहरूकाे माग अनुसारकाे सिचाइ उपकरण, क्रेट, हजारी, लगायतका सामाग्रीहरू वितरण गरिएकाे थियाे ।

कार्यक्रममा यूएनडिपि गण्डकी र लुम्बिनी प्रदेश प्रमुख सुदिप अर्यालले कृषिकाे ब्यवसायीकरण जरूरी भएकाे उत्पादनमा केन्द्रित भई राेजगारी र स्वराेजगारी सृजना गर्नुपर्ने बताउनु भयाे ।

नगर प्रमुख सिमा क्षेत्रीले नगरलाई कृषि उद्यमीकाे सहर बनाई कृषिमा आत्मनिर्भर बनाउने नगरकाे याेजना भएकाे यसका लागि किसानहरूलाई व्यापक रूपमा उत्पादन बृद्दि गर्न र नगरपालिकाले बजार ब्यवस्थापन लगायत आवश्यक सहयाेग गर्ने बताउनुभयाे ।

कार्यक्रमकाे संचालन कार्यक्रम संयाेजक पुजा सापकोटाले तथा नगर प्रमुख सिमा क्षेत्रीले अध्यक्षता गर्नु भएकाे थियाे ।

पुतलीबजार नगरपालिका र युएनडिपिकाे आर्थिक सहयोग रहेकाे याे कार्यक्रम पुतलीबजार नगरपालिकाका १४ वटै वडामा लागू भएकाे र कृषि पशु र उद्यमशीलता प्रबर्द्धनका विविध कार्यक्रमहरू परियाेजनामा भएकाे सूर्याेदय क्लवका अध्यक्ष अनन्तकुमार श्रेष्ठले बताउनु भयाे ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.