एसईई परीक्षा खारेज गर्न शिक्षा समितिको निर्देशन

काठमाडौं, ९ पुस : संसदको शिक्षा तथा स्वास्थ्य समितिले एसईई परीक्षा खारेज गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ ।

बिहिबार बसेको समितिको बैठकले कक्षा-१२ सम्म स्कुल तह भएकाले खारेज गर्न समितिले निर्देशन दिएको हो ।

समितिका सभापति जयपुरी घर्तीले छलफल गरेर नै खारेज गर्ने निर्णय गरेको बताइन । उनले भनिन,‘कोभिडको बेला पनि धेरै पटक हामी छलफल गर्‍याैँ,कक्षा-१२ सम्म स्कुल तह भएकाले एसईई नै गराउनु हुन्न,शिक्षा मन्त्रीलाई यो कार्यन्वयन गर्न माग र निर्देशन दिन्छौँ ।’

त्यस्तै,समितिले बाल शिक्षकहरूको पारिश्रमिकका सम्बन्धमा पूरा पारिश्रमिक नपाएका शिक्षकहरूलाई तत्काल पारिश्रमिक उपलब्ध गराउन पनि सरकारलाई निर्देशन दिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.