दुई हजार ५९८ निमावि शिक्षकका लागि जागिर खुल्यो
काठमाडौं, ७ पुस : शिक्षक सेवा आयोगले करिब २६ सय शिक्षक माग गरेको छ । आयोगले बुधबार एक सूचना जारी गर्दै आवेदन आह्वान गरेको छ ।
निमावि तृतीय श्रेणी शिक्षक पदका लागि आयोगले दुई हजार ५९८ जनाका लागि आवेदन माग गरेको छ । खुला र समावेशी दुवैतर्फ स्थायी पदपूर्तिका लागि आवेदन आह्वान गरिएको छ ।
एक महिनाभित्र आवेदन दिन सकिने छ । परीक्षा चैत १७ गते हुने सूचनामा उल्लेख छ ।
परीक्षा केन्द्र पनि तोकिएको छ ।
सूचना हेर्नुस्:
Teacher_Service_Commission_Ad