आज प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं, ६ पुस : प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । दिउँसो १ बजे बैठक बस्ने संसद सचिवालयले जनाएको छ ।

आजको बैठक पनि नेकपा एमालेले अवरुद्ध गर्नेछ । “नयाँ घटनाक्रम विकास नभएकाले हामी पूर्ववत रुपमा अगाडि बढ्ने छौँ,” नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले भने, “घटनाक्रम पुरानै भएकाले हामी आजको बैठकमा पनि पूर्ववत रुपमा प्रस्तुत् हुने छौं ।”

आजको सम्भावित कार्यसूची–

सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परापर्श समितिको बैठक बोलाएका छन् ।संसदमा नयाँ बिजनेसबारे छलफल गर्न वा विशेष निर्णयका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइन्छ ।‘प्रतिनिधि सभाको आजको बैठक अघि सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनु भएको छ,’ सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।

बैठक आज बिहान ११ः३० बजे संसद भवन नयाँबानेश्वरस्थित शंकर हलमा बस्ने छ ।

एमसीसी सम्झौताका कतिपय प्रावधान राष्ट्रियताविपरीत रहेको भन्दै माओवादी र एकीकृत समाजवादीले यथास्थितिमा पारित नगर्न दबाब दिइरहेकाबेला सभामुखको रणनीतिक के हुन्छ भन्ने चासो छ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.