स्याङ्जाका १३६८ विद्यार्थीलाई बालकथाका पुस्तक वितरण
मीरा मल्ल । स्याङ्जा, ६ पुस : कक्षा १ र २ का १३६८ विद्यार्थीलाई बालकथाका पुस्तक वितरण गरिएको छ ।
स्याङ्जा जिल्लामा साक्षरता कार्यक्रम लागु भएका ५५ विद्यालयका १३६८ जना विद्यार्थीहरूलाई घरमै पढ्ने बानिको विकास गराउने हेतुले बालकथाका पुस्तकहरू सहितको सामग्री वितरण गरिएको छ ।
प्रत्येक विद्याथीलाई ६ थान फरक फरक कथाका कार्ड, ५ थान पुस्तकालयका पुस्तक, ३ थान कापी, १ दर्जन सिसाकलम, २ प्याक क्यारोन कलर र १ थान सानो झोला सहितको सामग्री कक्षा १ र २ का १३६८ जना विद्यार्थीहरूलाइ वितरण गरिएको सूर्योदय क्लबका कार्यक्रम संयोजक आशिष न्यौपानेले जानकारी गराउनुभयो । उक्त सामग्रीहरू विभिन्न सरोकारवालाहरूको रहोवरमा वितरण गरिएको हो । यस सामग्रीहरूले नानिबाबुहरूको घरमा पढ्ने वातावरणको विकास गराउनका लागी मद्दत गर्ने विश्वास राखेका छौं र आगामी दिनमा पनी वितरण गर्ने योजना रहेको पढ्नका लागि कोठाका टेक बहादुर ढेगांले बताउनुभयो ।
रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोग, सूर्योदय क्लबको व्यवस्थापन, शिक्षा विकास तथा समन्वय इकाइ स्याङ्जा र स्थानिय सरकारहरुसंगको सहकार्यमा स्याङ्जा जिल्लामा सन् २०१८ मा ३५ विद्यालय र सन् २०१९ मा २० विद्यालयमा साक्षरता कार्यक्रम सञ्चालनमा रहेको छ ।
कक्षा १ देखी ५ कक्षा सम्मका बालबालिकामा पढ्ने सीप तथा पढ्ने बानीका लागि उत्प्रेरित गर्दै स्वतन्त्र पाठकका रुपमा जीवनपर्यन्त पठन सीपको विकास गर्ने उद्देश्यका साथ सरकारी विद्यालयहरुमा सक्षारता कार्यक्रम सञ्चालनमा आएको हो ।
विद्यालयको भौतिक पूर्वाधार निर्माण, गुणस्तरीय पठन सामग्री विकास, शिक्षक पेसागत तालिम, वैज्ञानिक पद्धतिमा आधारित पाठ्यपुस्तक तथा शिक्षण विधि र पुस्तकालय स्थापना तथा सञ्चालनका कामहरु भइरहेको सूर्योदय क्लबका अध्यक्ष अनन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो ।