माओवादी केन्द्रको प्रदेश सम्मेलन सुरु
काठमाडौं, २५ मंसिर : नेकपा (माओवादी केन्द्र) को प्रदेश सम्मेलन सुरु भएको छ ।
सम्मेलनको पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल माध्यमबाट एकैपटक उद्घाटन गरे । माओवादीले सात भौगोलिक सहित उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश समिति गठन गरेको छ ।
प्रदेश नं १ को विराटनगर, २ को जनकपुर, बागमतीको काठमाडौं, गण्डकीको पोखरा, लुम्बिनीको भालुवाङ, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा सम्मेलन भइरहेको छ ।
प्रदेश समितिमा एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र कोषाध्यक्ष एक गरी नौ सदस्यीय पदाधिकारी हुनेछन् । प्रदेश एकमा मा २ सय ५९, २ नं प्रदेशमा २ सय ७१, बागमतीमा २ सय ७५, गण्डकीमा २ सय २९, लुम्बिनीमा २ सय ५३, कर्णालीमा २ सय ११ र सुदूरपश्चिम प्रदेशमा २२३ सदस्यीय समिति गठन हुनेछ । विशेष, सम्पर्क र प्रवास समिति न्यूनतम् १७५ सदस्यीय हुनेछन् ।
माओवादीको राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ ।