जनसेवि सत्य गुठीकाे २८ औं गुठी पुजा सम्पन्न

मिरा मल्ल । स्याङ्जा, २५ मंसिर : जनसेवि सत्य गुठी पुतलीबजार ३ स्याङ्जाको २८ ओै गुठी पुजा सम्पन्न भएकाे छ ।

विगत २८ बर्षदेखि नेवारी कला संस्कृतिको जगेर्नामा निरन्तर यस गुठीले विविध कार्यक्रमहरु गरिरहेको छ । गुठीका अध्यक्ष अर्जुनकुमार श्रेष्ठकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे संचालन सदस्य श्यामकुमार श्रेष्ठले गर्नुभएकाे थियाे । उक्त कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम वार्षिक कार्य समीक्षा र करिव १० लाखकाे आयब्यय प्रस्तुत गरि पारित गरिएकाे थियाे ।

गुठीले हरेक वर्ष गाईजात्रा, लाखे नाच, तय मचा, कृष्ण जात्रा लगायतका जात्राहरू देखाउदै आएकाे छ ।

नेवारी कला संस्कृति नेपालकाे मुल संस्कृति भएकाले यसकाे संरक्षणमा विशेष ध्यान दिनुपर्ने गुठीका पूर्व अध्यक्ष अनन्तकुमार श्रेष्ठले बताउनु भयाे ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.